Tuesday, 3 May 2016

Negligence of the under construction industrial unit near Gulmohar picnic spot Kumrek East Sikkim.

-३ मई १६ पूर्व सिक्किम रिनक निर्वाचन छेत्र भित्र रहेको गुलमोहर पिकनिक स्पॉट जसलाई आम भाषा मा कुम्रेक पिकनिक स्पॉट को नाम ले चिनिने गर्छ हाल मा एक निजी निर्माणाधीन औधोगिक इकाई को लापरवाही ले अति नै नराम्रो अवस्था मा पुगेको छ | समाचार अनुसार उक्त बनभोज स्थल को माथी एक दवाई कंपनी निर्माणाधीन छ | उक्त कंपनी का निर्माण सामग्री हरु अति नै क्लापर्वाही पूर्वक बनभोज स्थल इलाका मा राखिएको छ जसले गर्दा विगत तिन वर्ष अघि मात्र करोडो रूपया को लागत मा नया रूप प्रदान गरिएको बनभोज स्थल को अवस्था हेर्ने योग्य भयको छ | बनभोज स्थल मा बनभोज खेलन आउने को निम्ति रहेको टॉयलेट हाल मा उक्त कंपनी को निर्माण सामाग्री राख्ने गोदाम मा परिणत भयको छ | भने रहेका सबै जगह हरु मा कंपनी मा कार्यरत श्रमिक हरु को कब्ज़ा रहेको छ | पिउने पानी को पाइप हरु भतकेर काठ का ठुटा हरु पाइप मा खादेर राखेको देखियो भने बनभोज स्थल को स्तिथि अहिले हेर्दा डंपिंग स्थल जस्तो देखिएको छ | जानकारी अनुसार उक्त स्थाल बन वीभाग सिक्किम को अधीन मा रहेको छ भने विभाग ले प्रतेक वर्ष नै ठेका मा चलाउन को निम्ति बनभोज स्थल दिने गर्दछ | बन विभाग ले यसरी यति धेर लापरवाही हुंदा पनी चुपचाप रहनु को पछि के कारन रहेको छ अझ पनी अस्पस्ट छ | विभाग ले पहल गर्न अति नै अवश्यक छ | बारम्बार विभाग बाट धनराशी आवंटित गराएर मरम्मत गर्न असंभव छ र यसलाई सबै पक्छ ले याद नगरेको खंड मा एक दिन खँडहर बनेर जानेछ



No comments:

Post a Comment